तपाईं Chrome का सहायताले इन्टरनेटमा गर्न सकिने सबै कार्य गर्न सक्नुहुन्छ। Google ले बनाएको छिटो तथा सुरक्षित ब्राउजर प्रयोग गर्नुहोस्।
Chrome प्रयोग गरी Google को भरपूर फाइदा उठाउनुहोस्
• Google का सहायताले खोज्नुहोस् - Google मा कुनै कुरा खोज्नुहोस् र तुरुन्तै जवाफहरू प्राप्त गर्नुहोस्। ह्यान्ड्सफ्री तरिकाले खोज्न आफ्नो आवाज प्रयोग गर्नुहोस्।
• Google लेन्स - क्यामेरा प्रयोग गरी आफ्नो वरपर देखिएका कुराहरू खोज्नुहोस्।
• Google Translate - १३० वटाभन्दा बढी भाषामा इन्टरनेटको मजा लिनुहोस्। एक क्लिक गरेकै भरमा पूरै साइट अनुवाद गर्नुहोस्।
यस क्षेत्रकै सबैभन्दा सुरक्षित ब्राउजर प्रयोग गरी ब्राउज गर्नुहोस्
• उन्नत सुरक्षा मोड - Chrome को सबैभन्दा उच्च स्तरको सुरक्षाका सहायताले ढुक्क भएर ब्राउज गर्नुहोस्।
• सुरक्षा जाँच - अग्रिम रूपमा पठाइने सुरक्षासम्बन्धी अलर्टहरूका सहायताले निश्चिन्त रहनुहोस्।
• Google पासवर्ड म्यानेजर - द्रुत रूपमा साइन इन गर्नका निम्ति सुरक्षित रूपमा पासवर्डहरू जेनेरेट गर्नुहोस् र तिनलाई सेभ गर्नुहोस् र तपाईंका पासवर्डहरू जोखिममा भएका खण्डमा अलर्टहरू प्राप्त गर्नुहोस्।
विभिन्न डिभाइसमा Chrome एक्सेस गर्नुहोस्
• विभिन्न डिभाइसका बिचमा सिंक गर्नुहोस् - बुकमार्क, ट्याब र पासवर्ड जस्ता कुराहरू सेभ गर्नुहोस् र आफ्नो फोन, कम्प्युटर वा ट्याब्लेटमार्फत Chrome मा साइन इन गरी ती कुराहरू सजिलै एक्सेस गर्नुहोस्।
• ट्याब समूहहरू - विभिन्न डिभाइसहरूमा ट्याबहरू व्यवस्थित राख्न ट्याब समूह बनाउनुहोस्।
• अटोफिल- सेभ गरिएका आफ्ना भुक्तानी, ठेगाना तथा पासवर्डहरू अटोफिल गरी टाइप गर्न लाग्ने समय बचत गर्नुहोस्।
मा अपडेट गरिएको
२०२५ जुलाई २४